लुकाई रोदन देखाई हर्ष आफ्नो मन धान्छ रुपक माया जीवन जीवन माया यै कुरा लाई मान्छ रुपक
पल्टिएर डुङ्गा तालमा कोलाहलमा परेपनि तैरिएर आफू माथी अरुलाई नि तान्छ रुपक
चन्चले र चुलबुले कस्तो तिम्रो बानी लुरी डराईडराई लजाईलजाई किन आनाकानी लुरी मलाई पनि थाहा छ नि हुन्छ के त्यो मनभित्र सकिदैन एक्लै बस्न कि त भागी जानी लुरी