चन्चले र चुलबुले कस्तो तिम्रो बानी लुरी 
डराईडराई लजाईलजाई किन आनाकानी लुरी 

मलाई पनि थाहा छ नि हुन्छ के त्यो मनभित्र 
सकिदैन एक्लै बस्न कि त भागी जानी लुरी


नगर्नु नि कुरा अनेक दिई धक्का हृदयलाई
ठानेको छु सहयात्री हौ यहिदिलकी रानी लुरी

कति लिनु पिडा मनमा सोची अनेक अनेक
धनि कोमल हृदयकि सानीसानी नानी लुरी

जुनीजुनी बाच्नेसंगै मर्नेसंगै भनी साथमा
बाहु लाग्यौ ‘रुपक’को भएँ भाग्यमानी लुरी


रचना : रुपक भट्टराई