लुकाई रोदन देखाई हर्ष आफ्नो मन धान्छ रुपक 
माया जीवन जीवन माया यै कुरा लाई मान्छ रुपक 

पल्टिएर डुङ्गा तालमा कोलाहलमा परेपनि
तैरिएर आफू माथी अरुलाई नि तान्छ रुपक 


चढि डोली लिई बिदा गएपनि उस्को धड्कन
राखी हात पुपुरोमा भाग्यमानी ठान्छ रुपक 

उतारचढाव तलमाथी चारैतिर घुमिकन 
लिई हात्मा जिन्दगीलाई आफूखुसि छान्छ रुपक 

बोझ भई धर्तिलाई हुँदा थाम्न गाह्रो
जोडि हात मागी माफी बिदा लिई जान्छ रुपक


रचना : रुपक भट्टराई