ख्याल ख्याल गर्दा माया गडेको
नछाएको हरियाली बनै डडेको 

वर्षासंगै बहने वर्षातको 
खोली मायाको संसारै अडेको


कोकिल कण्ठ मधुर मुस्कान
कलकल जवानी लाली चढेको

प्रतिक प्रेम, सम्झना साथ मा
सुन औँठिमा नै हिरा जडेको 

झर्दा मोती ती नयनबाट 
तोडि निराशा आशा बढेको


रचना : रुपक भट्टराई