स्वच्छन्द बोली तर सत्यता रहेनछ बातमा
त्यागी क्रोध नसम्झि बिरानो मुस्काईरहेछु घातमा

हराई हर्ष आज रोदनसंगै झस्किएछु 
हृदय कुल्चि फुटाउन मुटु बज्रिएको लातमा 


माछीले नि बगरको पाँउछ पानी घरिघरि
मायारुपी साउनेझरि तिमी भैदिए साथमा

बेहोश ज्यान, विवश मन, ढलिदिँदा नशासंगै
आँउछ झल्को पस्छ चस्को जबजब रातमा

शब्द मायाको के परिभाषा दिँउ तिमीलाई
गर्दा गन्ती पर्छ एक पिडाका खातमा

रचना : रुपक भट्टराई