याद मनमा आउँदा लेखेँ गजल
धड्कनमै तिमी छाउँदा लेखेँ गजल
चोट विछोडको यो कस्तो
तिमी साथ नपाउँदा लेखेँ गजल
पलपल हरपल तिम्रै नाम
एक्लै बरबराउँदा लेखेँ गजल
आकुल व्याकुल प्रेम पिडामा
बोल्नै अक्मकाउँदा लेखेँ गजल
सुमधुर स्वर आउला कतै
भन्दै टोलाउँदा लेखेँ गजल
रचना : रुपक भट्टराई
|