गजल
इरादा मा कुनै बद्लाब छैन
अब कसैप्रती झुकाब छैन
देखेर सुनेर भोगेर बुझे
अब दिलको दिमाग मा दबाब छैन
जे थियो झुट त्यही सत्य ठाने
अब झुट्को खेतिमा लगाब छैन
नंया चोट्को लागि दिल खाली गर्दैछु
शहर मा तिमिजस्ताको अभाव छैन
शहर बाट सिकेउ कि शहर लाई सिकायौ
तिम्रो निस्ठुरताको जबाफ छैन !!
रचना : कृष्ण खनाल
|