गजल

 पुल पारी लहराउदो त्यो केश सम्झन्छु
 स्विटर माथी गलबन्दी त्यो भेष सम्झन्छु

 अरु ठाँउ त हेरिन हेर्न पनि सकिन
 ओठ अनि मुस्कान त्यो विशेष सम्झन्छु



 भुइचालो गएझै हल्लाखल्ला मच्चिएर
 छित्रीएको मुटुका अवशेष सम्झन्छु

 साथिबाटै घृणित भइ बिरानो शहर मा
 एकाएक जीवन प्रतिको हरेश सम्झन्छु

 खोज हो तपस्या हो गन्तव्य हो तेरो
 अन्तरमन को मधुर संदेश सम्झन्छु !!

रचना : कृष्ण खनाल