गजल
कतै खाल्डो त कतै नाली छ भने बाटो ठिकै छ
कतै उकाली त कतै ओराली छ भने बाटो ठिकै छ
आगो बलिरन्छ झिल्को ले नदिए निभ्न
कतै समाउने त कतै टेक्ने डाली छ भने बाटो ठिकै छ
चक्रमा यो जीवन को दुख सुख दुबै हुन्छ
कतै बर्षा त कतै पहाली छ भने बाटो ठिकै छ
रित्तो कहाँ हुन्छ पोस्ट रक्षक हुन्छ त्यहाँ
फूल संगै माली छ भने बाटो ठिकै छ
काडाले भन्दा बढी घोच्छ यहाँ जीवन ले
कतै किला त कतै फाली छ भने बाटो ठिकै छ
न आफ्नो चित्त बुज्छ यहाँ न बुझाउन सकिन्छ अरुको
कतै गाली त कतै ताली छ भने बाटो ठिकै छ ।।
रचना : कृष्ण खनाल
|